राजमार्ग अपडेट : रसुवामा सडकमार्ग ठप्प, कालीगण्डकी करिडोर एकतर्फी

हिमाल प्रेस २० असोज २०८३ ७:५८ | Tuesday, October 6, 2026
राजमार्ग अपडेट : रसुवामा सडकमार्ग ठप्प, कालीगण्डकी करिडोर एकतर्फी सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड। फाइल तस्बिर।

काठमाडौँ- बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका केही प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती प्रदेशको रसुवा जिल्लामा असोज १० गते बिहान १०:३० बजे आएको बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अर्को सूचना नभएसम्मका लागि उक्त सडक खण्ड बन्द रहने बताइएको छ।

यसैगरी गण्डकी प्रदेशको म्याग्दी स्थित बेनि-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका २, बैसरीमा असोज १० गते बिहान ०५:५० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प छ।

नवलपरासी (पूर्व) को कालीगण्डकी कोरिडोर अन्तर्गत बौदिकाली गाउँपालिका ३, जन्ती पहिरोमा असोज १४ गते दिउँसो १६:४५ बजे पहिरो खसेको थियो। हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइए पनि साना सवारी मात्र चल्न सक्ने र ठूला गाडीहरू जान नसक्ने प्रहरीले जनाएको छ।

अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास जारी रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: २० असोज २०८३ ७:५८ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast