कांग्रेस महाधिवेशन : मत हाल्ने महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ११४ जना प्रतिनिधि कायम

हिमाल प्रेस २० असोज २०८३ ७:३२ | Tuesday, October 6, 2026
कांग्रेस महाधिवेशन : मत हाल्ने महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ११४ जना प्रतिनिधि कायम

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि देशभरबाट ७ हजार ११४ जना प्रतिनिधि कायम भएका छन्।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार उक्त संख्यामा प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुने भएका हुन्।

निर्वाचन समितिले महाधिवेशनका लागि देशभरका विभिन्न जिल्ला र क्षेत्रगत रूपमा प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो। यस्तै प्रवासबाट पनि प्रतिनिधि सहभागी छन् ।

यस नामावलीअनुसार इच्छुकले मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन सक्ने समितिले सूचित गरेको छ। कांग्रेस महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ भने आज दिउँसो साढे १२ बजेदेखि नयाँ कार्यसमितिका लागि मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रकाशित: २० असोज २०८३ ७:३२ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast