काठमाडौँ- नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य डा. मोहम्मद फिरदोश आलमले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। रौतहट–२ बाट निर्वाचित आलमले मुस्लिम कोटातर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। गत फागुनमा सम्पन्न निर्वाचनमा मधेस प्रदेशबाट कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनी रौतहट–२ मा नेकपाका उम्मेदवार किरणकुमार साहलाई पराजित गर्दै विजयी भएका थिए।
डा. आलम नेपाली कांग्रेसका स्वर्गीय नेता मोहम्मद अफताबका छोरा हुन्। चिकित्सा शास्त्रमा स्नातक ९एमबीबीएस० गरेका उनले यसअघि नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा समेत सेवा गरेका थिए।
आलमले कांग्रेसको नेतृत्वमा मुस्लिम समुदायको प्रतिनिधित्व बलियो बनाउने उद्देश्यले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए ।



