एमालेको सचिवालय बैठक बस्दै

हिमाल प्रेस १३ भदौ २०८१ ७:२२
6
SHARES
एमालेको सचिवालय बैठक बस्दै एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा २०८१ को कार्ययोजना लागू गर्ने सन्दर्भमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

एमालेले यस वर्ष संगठन र सदस्यता विस्तार गर्ने, पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने गरी कार्ययोजना तयार पार्ने यसअघि नै निर्णय गरेको थियो।

त्यहीअनुरूप एमालेले जिल्ला, निर्वाचन क्षेत्र (संघीय र प्रदेश) र पालिका इन्चार्जहरू परिवर्तन गरेको थियो। यसअघि बसेको सचिवालय बैठकले अधिकांशलाई आफ्नै जिल्ला र भूगोल कार्यक्षेत्र हुने गरी इन्चार्ज तोकेको थियो।

पोलिट्ब्युरो र सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला, केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र (संघीय र प्रदेश), केही केन्द्रीय र प्रदेश कमिटीका सदस्यहरूलाई पालिका तहका कमिटीका इन्चार्जको जिम्मेवारी तोकेको छ। त्यस्तै जिल्ला कमिटी सदस्यलाई वडा कमिटी र पालिका तहका कमिटीका सदस्यहरूलाई टोलटोलमा खटाउने गरी विस्तृत कार्ययोजना तयार पारेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

प्रकाशित: १३ भदौ २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =