नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

हिमाल प्रेस २० भदौ २०८३ १५:०० | Saturday, September 5, 2026
नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन्।

एमाले विशेष संगठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए।

‘विकसित देशहरुले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकाशिल देशहरुमा परेको छ। त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान बेहोर्नुपरेको छ,’ महासचिव पोखरेलले भने।

उनले पार्टीका नेता तथा जनसंगठनहरु बाढी गएसँगै प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर अहोरात्र खटेको बताए।

प्रकाशित: २० भदौ २०८३ १५:०० | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast