विपद्का कारण राजमार्ग प्रभावित

हिमाल प्रेस ५ कार्तिक २०८३ १२:५७ | Thursday, October 22, 2026
6
SHARES
विपद्का कारण राजमार्ग प्रभावित बिपी राजमार्ग। फाइल तस्बिर।

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ ।

नेपाल प्रहरीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ ।

गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गोरखाकै आरुघाट गाउँपालिका–१ नयाँपुलस्थित सडकमा बाढीका कारण यातायात प्रभावित भएको छ । उक्त सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालनमा रहेका छन् ।

सुर्खेतको बराहताल गाउँपालिका–५ ओइलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ ।

प्रहरीका अनुसार विपद्का कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । सम्बन्धित सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । रासस

प्रकाशित: ५ कार्तिक २०८३ १२:५७ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast