निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गयो

हिमाल प्रेस ५ कार्तिक २०८३ १३:४९ | Thursday, October 22, 2026
10
SHARES
निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गयो प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो ।

अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएपछि शिशुलाई डेंगु पूष्टि भएको थियो । त्यसमाथि श्वासप्रश्वासको समस्या थपिएपछि शिशुको ज्यान गएको जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुष्कल राईले बताए ।

शिशुको स्वास्थ्य अवस्था जटिल बन्दैगएपछि अस्पतालले बिहान ३ बजे रेफर गरेको थियो तर दशैंको व्यस्तताका कारण आफन्तलाई समयमा गाडी पाउन सकस भएको थियो ।

गाडी जुटाएर अन्यत्र लैजाने तयारीकैक्रममा शिशुको ज्यान गएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।

प्रकाशित: ५ कार्तिक २०८३ १३:४९ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast