बारीमा छाडेको करेन्ट लागेर महिलाको मृत्यु, करेन्ट छाड्ने व्यक्ति नियन्त्रणमा

हिमाल प्रेस २७ भदौ २०८३ ११:२८ | Saturday, September 12, 2026
बारीमा छाडेको करेन्ट लागेर महिलाको मृत्यु, करेन्ट छाड्ने व्यक्ति नियन्त्रणमा

काठमाडौँ- गुल्मीमा जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ ।

मदाने गाउँपालिका १ ओख्लेदहमा सन्तबहादुर बिष्टले बारीमा नांगो तारमा करेन्ट लगाएका थिए । सोही करेन्टमा परेर वडानम्बर ४ की ४८ वर्षीया डालकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

खत्री नातीसहित भतिजीको घर ओख्लेदह गएकी थिइन् । खत्री सम्पर्कविहीन भएकी थिइन् । खोजी कार्यका लागि उनको घरपरिवारले प्रहरीमा खबर गरेका थिए । खोज्ने क्रममा करेन्टमा परेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा मुचुल्का उठाएर शव पोष्मार्टमका लागि गुल्मी अस्पताल पठाएको छ । बारीमा करेन्ट छोड्ने सन्तबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित: २७ भदौ २०८३ ११:२८ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast