गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

हिमाल प्रेस ४ जेठ २०८३ ७:४८ | Monday, May 18, 2026
6
SHARES
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

गुल्मी- गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सत्यवती गाउँपालिका–१ अस्लेवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी करिडोरको रुद्रवेणीदेखि चेहेमीतर्फ जाँदै गरेको लु।३६ प ३६२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीय गिरमान सिंह राना र कालीगण्डकी गाउँपालिका–३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको हो।

थापा मोटरसाइकलका चालक रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ।

प्रकाशित: ४ जेठ २०८३ ७:४८ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast