एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

हिमाल प्रेस १९ भदौ २०८३ १७:५४ | Friday, September 4, 2026
एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ।

अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिने पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताए।

एमालेले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति गठन गरेको छ।

अकल्पनीय एवं विनासकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमालेले एक करोड २० लाख रुपैयाँ सरकारको कोषमा सहयोग गर्ने घोषणा गरेको छ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

प्रकाशित: १९ भदौ २०८३ १७:५४ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast