त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटले एक्कासि विमान फर्काएपछि‍…

हिमाल प्रेस २५ साउन २०८१ ११:११
652
SHARES
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटले एक्कासि विमान फर्काएपछि‍… फाइल तस्बिर

काठमाडौँ‍- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान सुर्खेत उड्ने क्रममा श्री एयरलाइन्सको विमान धावनमार्गबाट एक्कासि फर्काइएको छ। विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो।

बिहान ७:३० सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन्। ‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो। एक्कासि विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए’, उनले भनिन्। सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरबाही भएको बताइन्।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए। ‘प्राविधिक समस्याका कारण होइन, दुईचारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्’, उनले भने,‘नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्‍याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ।’ अहिले सोही विमानमार्फत यात्रीहरू बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =