बाढीले क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडक असोजभित्रै खुलाउने सरकारको लक्ष्य

हिमाल प्रेस ६ असोज २०८३ १६:२८ | Tuesday, September 22, 2026
4
SHARES
बाढीले क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडक असोजभित्रै खुलाउने सरकारको लक्ष्य

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डलाई यही असोजभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले मर्मत तथा पुनःस्थापना कार्यलाई तीव्र बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत सम्पन्न भइसकेको छ। देवीघाट क्षेत्रमा एक्रो ब्रिज जडान गरेर आवागमनको व्यवस्था मिलाइएको छ।

विदुरमा क्षतिग्रस्त सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङमार्फत ट्र्याक खोल्ने काम सुरु गरिसकेको छ। यस्तै रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडानका लागि फाउण्डेशन निर्माणको काम अघि बढाइएको सचिवालयले जनाएको छ।

वेत्रावती-धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकखण्डमा ठूलो समस्या नरहेको जनाइएको छ। स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको छ।

स्याफ्रुबेँसीबाट रसुवागढीतर्फको सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त रहेकाले त्यहाँ नयाँ सडक निर्माणका लागि सर्वेक्षण सुरु भइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार यस क्षेत्रमा तत्काल सडक सञ्चालन पुनःस्थापनासँगै दीर्घकालीन समाधानका लागि स्थायी सडक निर्माणको तयारीसमेत सरकारले अघि बढाइरहेको छ।

प्रकाशित: ६ असोज २०८३ १६:२८ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast