मध्यपश्चिम विश्वविद्यालयमा डीन र निर्देशक पदमा आवेदन खुला

हिमाल प्रेस ७ मंसिर २०८३ ८:५२ | Monday, November 23, 2026
मध्यपश्चिम विश्वविद्यालयमा डीन र निर्देशक पदमा आवेदन खुला

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयले विभिन्न संकायका डिन तथा निर्देशनालयका निर्देशक पदका लागि आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै सात वटा ग्र्याजुएट स्कुलका डीन र दुई वटा निर्देशनालयका निर्देशक गरी कुल नौ पदमा नियुक्तिका लागि दरखास्त माग गरेको हो।

विश्वविद्यालयको सूचनाअनुसार ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, एजुकेसन, इन्जिनियरिङ, ह्युम्यानिटिज एन्ड सोसल साइन्स, ल, म्यानेजमेन्ट तथा साइन्स एन्ड टेक्नोलोजीका डिन पदमा आवेदन माग गरिएको छ।

त्यस्तै, अनुसन्धान निर्देशनालय र पाठ्यक्रम विकास निर्देशनालयका निर्देशक पदका लागि पनि आवेदन खुलाइएको छ।

विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावली, २०६९ (आठौँ संशोधन) बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् नेपाली समय अनुसार  मङ्सिर १३ गते राति १२ बजेभित्र उम्मेदवारहरूले दरखास्त दिनुपर्नेछ। सम्पूर्ण आवश्यक कागजातहरू विश्वविद्यालयको आधिकारिक इमेल ठेगाना ‘pplication@mu.edu.np’ मार्फत पेस गर्न सकिने व्यहोरा सूचनामा उल्लेख छ।

प्रकाशित: ७ मंसिर २०८३ ८:५२ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast