३७ थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

हिमाल प्रेस ६ जेठ २०८३ १६:३९ | Wednesday, May 20, 2026
10
SHARES
३७ थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ।

सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

उनले भने, ‘नेपाल एयरलाइन्सको उडानमार्फत मंगलबार काठमाडौँबाट भारतको दिल्ली जान लागेका श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृति एवं पत्र नलिई नेपाली राहदानी थान ३७ मा रोमानियाको भिसा लगाउने भनी त्यसतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका हौँ।’

श्रेष्ठलाई आवश्यक कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको प्रवक्ता सिलवालले बताए।

प्रकाशित: ६ जेठ २०८३ १६:३९ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast