सेयर कारोबार २६ महिनायताकै उच्च, कारोबारी भन्छन्, अझै बढ्न सक्छ

हिमाल प्रेस १ साउन २०८१ १६:४०
22
SHARES
सेयर कारोबार २६ महिनायताकै उच्च, कारोबारी भन्छन्, अझै बढ्न सक्छ

काठमाडौँ– सरकार परिर्वतन भएपछि सेयर बजार बढ्न थालेको छ। गत सातादेखि बढ्न थालेको सेयर मंगलबार पनि बढेको हो। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा अर्थतन्त्रका सबै सूचक सही ठाउँमा आएका कारण सेयर कारोबार बढेको बताउँछन्।

सेयर कारोबार अझै बढ्ने दाबी उनको छ। सापकोटाका अनुसार सरकार फेरिनु सेयर बजारका लागि फाइदा देखियो। विगतमा सरकार परिवर्तन भइरहँदा सेयर बजारमा लगानी गर्न व्यापारीदेखि यस क्षेत्रका व्यवसायी डराइरहेको उनले बताए। अबको सरकार स्थिर हुने देखिएपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको उनी बताउँछन्।

‘अर्थतन्त्रका सबै सूचक सही ठाँउमा आएका कारण सेयर बढेको हो। हाल बैंकमा पैसा थुप्रिएर आर्थिक तरलता देखिएको छ। बैंकमा थुप्रिएको पैसा लगानी गर्न सबै डराइरहेका थिए। सरकारले लगानीको वातावरण राम्रो बनाए सेयर बजार अझ माथि पुग्छ’, उनले हिमालप्रेससँग भने।

सरकार फेरिएपछि सेयर बजारमा लगानी गर्न आत्माविश्वास बढेको सापकोटा बताउँछन्। सरकारले सबै क्षेत्रमा लगानीको वातावरण बनाए अर्थतन्त्र चाँडै पुरानै लयमा फर्किने र सेयर बजारले विगतका सबै रेकर्ड तोड्ने उनको तर्क छ। सापकोटाका अनुसार नयाँ सरकारले लगानीका लागि नयाँ योजना र संरचनाको विकास गरोस् भन्ने व्यापारीको अपेक्षा छ। सरकारले वातावरण बनाए देशको अर्थतन्त्रले नयाँ मोड लिने सापकोटाको विश्वास छ।

मंगलबार सेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। सोमबार १७ अंकभन्दा बढीले घटेको सेयर बजार परिसूचक नेप्से मंगलबार ७०.१८ अंकले बढेर २ हजार ३ सय १०.५९ विन्दुमा पुगेको हो। २०७९ साल वैशाख २९ गते सेयर बजार २ हजार ३ सय ५०.४२ विन्दुमा पुगेको थियो।

प्रकाशित: १ साउन २०८१ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =