अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द हटाउन माग

हिमाल प्रेस २३ असार २०८१ १४:५४
20
SHARES
अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द हटाउन माग फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाउनुभएको छ।

राष्ट्रियसभाको असार २० गतेको बैठकमा अपांगाता भएका व्यक्तिलाई ‘लुला’, ‘लंगडा’ शब्द प्रयोग गरेर उनीहरुलाई अपमानित गरिएको बताए। साथै उनले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गरे।

उनले उक्त दिनको बैठकको अभिलेखबाट अपमानजनक सबै शब्द मेटाउन अध्यक्षसमक्ष अनुरोधसमेत गरे। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भएनभएको निर्क्याैलगरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताए।

प्रकाशित: २३ असार २०८१ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =