काठमाडौँ- मधेश केन्द्रित दल परित्याग गरेका नेता तथा अभियन्ताहरूले ‘मधेश हुंकार’ अभियानको घोषणा गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनीहरूले ‘मधेश हुंकार’ अभियानको घोषणा गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन्।
‘मधेश हुंकार’ अभियानमा जनता समाजवादी पार्टी (जसपा) नेपाल छोडेका तत्कालीन महासचिव रामकुमार शर्मा, राष्ट्रिय मुक्ति पार्टी नेपालका तत्कालीन महासचिव केशव झालगायतका नेता अभियन्ताहरू सामेल छन्।
सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धि पाँच ‘स’ लाई मुल मन्त्र मानेर यसको प्राप्ति गर्ने उद्देश्यले आफ्नो मौलिक पहिचान, संस्कृति, भाषा, ज्ञान, परम्परा र सभ्यतालाई आधुनिक युग अनुकूल पुनस्र्थापित गर्ने र यही विचारका आधारमा शक्तिशाली साझा राजनीतिक संगठन निर्माण गर्ने अभियानको उद्देश्य रहेको अवधाराणा पत्रमा उल्लेख छ।
त्यस्तै जातीय भेदभाव र छुवाछुत अन्त्य तथा सामूहिक पहिचान कायम गराउन नामबाट थर हटाउने प्रेरित गर्ने अभियान सञ्चालन गर्ने उद्देश्य अभियानले लिएको छ।
‘वन टाइम प्रेसिडेन्ड अल टाइम प्रेसिडेन्ट’ को तनाशाही एवं अलोकतान्त्रिक प्रवृत्तिको अन्त्य गर्ने उद्देश्य अभियानको रहेको अवधारणा पत्रमा भनिएको छ।
दलीय व्यवस्थाको पद र लाभको पदमा एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी अवसर नपाउने व्यवस्था लागू गराउनुपर्नेमा अभियानले जोड दिएको छ।
यस्तो छ ‘मधेश हुंकार’ अभियानको अवधारणापत्र:



