उपत्यकाका नदीमा जलसतह बढेपछि सुरक्षाकर्मी परिचालन

हिमाल प्रेस २२ असार २०८१ १५:४५
8
SHARES
उपत्यकाका नदीमा जलसतह बढेपछि सुरक्षाकर्मी परिचालन गएरातिदेखि अविरल वर्षा कारण काठमाडौँ र ललितपुरको सिमाना छुटाउने थापाथलीस्थित बागमती नदीमा आएको बाढी। तस्बिर : किरनराज बिष्ट/रासस

काठमाडौँ- अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा जलसतह बढेपछि सुरक्षाकर्मी परिचालन भएका छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए।

उनले भने,‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ।’

प्रवक्ता मैनालीले बागमती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए।

उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए। तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए।

उनले भने, ‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेबित्तिकै परिचालन हुन्छन्।’

प्रकाशित: २२ असार २०८१ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 12 =