दलगत स्वार्थभन्दा माथि उठेर उद्धारमा खटिन गगन थापाको आह्वान

हिमाल प्रेस ११ भदौ २०८३ १२:३२ | Thursday, August 27, 2026
दलगत स्वार्थभन्दा माथि उठेर उद्धारमा खटिन गगन थापाको आह्वान

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकार पूर्ण रुपमा सहयोग गर्ने बताएका छन्।

सिंहदरबारमा बिहीबार रास्वपा सभापति रवि लामिछानेले आह्वानमा बसेको सर्वदलीय बैठकपछि सभापति थापाले नागरिक तथा गैरसरकारी संयन्त्र राज्यकै शक्ति भएकाले सरकारले सबैलाई आफ्नो आवश्यकताअनुसार परिचालन गर्न पाउने र दलहरू त्यसका लागि तयार रहेको बताए।

थापाले गृहमन्त्रीको आग्र अनुसार विपद्ग्रस्त क्षेत्रमा सडक खुलाउन, भग्नावशेष पन्छाउन तथा खोज–उद्धारमा मद्दत पुर्‍याउन पार्टीका कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिने बताए।

सभापति थापाले सबै राजनीतिक दलका नेताकार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ‘स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरेका छन्।

त्यस्तै उनले राहत वितरणमा दोहोरोपन हुन नदिन र सबै पीडितसमक्ष समान रूपमा सहायता पुगोस् भन्नका लागि संकलित राहत रकम तथा सामग्री सरकारको विपद् कोषमार्फत एकद्वार प्रणालीबाट मात्र परिचालन गर्ने सहमति भएको जानकारी दिए।

प्रकाशित: ११ भदौ २०८३ १२:३२ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast