रास्वपाका मन्त्री सरकारबाट फिर्ता हुँदै

हिमाल प्रेस २० असार २०८१ ८:१५
14
SHARES
रास्वपाका मन्त्री सरकारबाट फिर्ता हुँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्री फिर्ता आउने भएका छन्। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन्। मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले राजीनामा दिने निर्णय गरेको थियो। सोही बैठकले नयाँ सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ।

सरकारमा रास्वपाका चार मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्। नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेबाट सरकारमा रहेका आठ मन्त्रीले राजीनामा दिएका हुन्।

प्रकाशित: २० असार २०८१ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =