भारतलाई हराउँदै श्रीलंकाले जित्यो एसीसी महिला टी–२० को उपाधि

हिमाल प्रेस १३ साउन २०८१ १८:३२ | Sunday, July 28, 2024
भारतलाई हराउँदै श्रीलंकाले जित्यो एसीसी महिला टी–२० को उपाधि

काठमाडौँ- एसीसी महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। आइतबार घरेलु मैदान दाम्बुलामा भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधिमाथि कब्जा गरेको हो।

डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गरेको श्रीलंकाले पहिलोपटक महिला एसिया कप जितेको हो। टस जितेर भारतले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छँदा जित हासिल गर्‍यो।

श्रीलंकाका लागि कप्तान चमिरा अट्टापट्टु र हर्षिता समरविक्रमाले शानदार इनिङ खेले। कप्तान अट्टापट्टुले ४३ बलमा ६१ रन बनाउँदा हर्षिताले अविजित ६९ रन बनाइन्।

अट्टापट्टुले ९ चौका र २ छक्का तथा हर्षिताले ६ चौका र २ छक्का प्रहार गरिन्।काविसा दिहारी ३० रन बनाएर नटआउट रहिन्।

एसिया कप क्रिकेटमा श्रीलंका यसअघि पाँचपटक रनरअप र दुईपटक सेमिफाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन।

समूह चरणको सबै खेलमा जित हासिल गरेको श्रीलंकाले प्रतियोगिताको बलियो टिम ठानिएको भारतलाई परास्त गरेको हो।

टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोडेको थियो।

भारतका लागि स्मृति मन्दानाले सर्वाधिक ६० रन बनाएकी थिइन्। त्यस्तै सेफाली वर्माले १६, उमा क्षेत्रीले ९, कप्तान हरप्रित कौरले ११, जेमिमाह रोड्रिग्युसले २९ र रिचा घोषले ३० रन जोडेकी थिइन्।

प्रकाशित: १३ साउन २०८१ १८:३२ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast