काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आजै (शुक्रबार) दाबी पेस गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेपछि ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्ने भएका हुन्।
दाबी पेसका लागि ओली र कांग्रेस सभापति शेरबहादुर देउवा शीतल निवास पुग्दैछन्। राति ९ बजे उनीहरूले दाबी पेस गर्ने बताइएको छ।
नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति पाैडेलले आइतबार साँझ ५ बजेसम्मकाे समय दिएका छन्।
संसदमा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्।
प्रकाशित: २८ असार २०८१ २०:५० | Friday, July 12, 2024
प्रतिक्रिया


