यस्तो रह्यो प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको भेटघाट

हिमाल प्रेस २८ जेठ २०८१ ९:३४
14
SHARES
यस्तो रह्यो प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको भेटघाट

काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीसहित विभिन्न देशको उच्च स्तरीय नेताहरूसँग भेटवार्ता गरेका छन्।

मोदीसँग प्रचण्डको आइतबार बेलुका भेटवार्ता भएको थियो। उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो।

प्रधानमन्त्री प्रचण्डका साथमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, उनकी सुपुत्री गंगा दाहाललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति दौपदी मुर्मूसहितका नेतालाई भेटेका छन्।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। उनी आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए।

प्रकाशित: २८ जेठ २०८१ ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =