काठमाडौँ- चितवनमा आइतबार सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चितवन पुगेका छन् भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन्।
यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन्।
प्रकाशित: ७ असार २०८३ १३:४७ | Sunday, June 21, 2026
प्रतिक्रिया




