अर्कै पुरुषसँग भेटेपछि श्रीमतीको हत्या गर्ने सेनाका अमलदार पक्राउ

हिमाल प्रेस २५ जेठ २०८१ १२:११
314
SHARES
अर्कै पुरुषसँग भेटेपछि श्रीमतीको हत्या गर्ने सेनाका अमलदार पक्राउ

काठमाडौं- नेपाली सेनाका एक अमलदार पक्राउ परेका छन्। दाङको तुलसीपुरमा श्रीमतीको हत्या गरेको आरोपमा नेपाली सेनामा कार्यरत अमलदार शालिकराम बुढाथोकी पक्राउ परेका हुन्। उनी नेपाली सेनाको ज्वालादल गण बारामा कार्यरत थिए। उनले खुकुरी प्रहार गरी श्रीमती टीका बुढाथोकीको हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार शालिकराम कपुरकोट- ६ सल्यानका हुन्। उनकी श्रीमती टीका तुलसीपुर- ६ डुम्रीगाउँमा बस्थिन्। शान्ति मिसनबाट फर्केर घर बिदामा आएका शालिकरामले श्रीमतीलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि खुकुरी प्रहार गरेको बताइएको छ।

शालिकरामले श्रीमतीसँग भेटिएका पुरुषलाई पनि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट घाइते भएकी टीकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अर्का पुरुषको भने अवस्था गम्भीर छ। उनको उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने तुलसीरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २५ जेठ २०८१ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =