नेपाल प्रहरीले ३३४ कर्मचारी माग्यो, १२ असोजदेखि आवेदन खुला

हिमाल प्रेस २ असोज २०८३ ९:४० | Friday, September 18, 2026
नेपाल प्रहरीले ३३४ कर्मचारी माग्यो, १२ असोजदेखि आवेदन खुला प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो।

प्रहरीका अनुसार प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, प्रहरी कार्यालय सहायक (हजाम) १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचिकार) २५ जना गरी कुल ३३४ पदमा पदपूर्ति गरिनेछ।

इच्छुक उम्मेदवारले १२ असोजदेखि १० कात्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

प्रहरी कार्यालय सहायकअन्तर्गतका पदका लागि पनि १२ असोजदेखि १० कात्तिकसम्म कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरीले जनाएको छ।

दरखास्त दिन इच्छुक उम्मेदवारले नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रकाशित भर्नासम्बन्धी विस्तृत सूचना हेरी तोकिएको योग्यता, आवश्यक कागजात तथा आवेदन प्रक्रियाअनुसार दरखास्त दिनुपर्नेछ।

प्रकाशित: २ असोज २०८३ ९:४० | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast