प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट

हिमाल प्रेस १ असोज २०८३ १४:२२ | Thursday, September 17, 2026
प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट

काठमाडौँ- मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटघाट गरे छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय (जंगीअड्‍डा) ले जारी गरेको विज्ञप्ति अनुसार बुधबार (भदौ ३१ गते) भएको उक्त भेटवार्ताका क्रममा दुई देशबीचको आपसी हित तथा सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको छ।

भ्रमणकै क्रममा प्रधानसेनापति सिग्देलले सोही दिन चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका थिए।

उनी बेइजिङमा आयोजना भएको ‘१३ औँ बेइजिङ स्याङ्सान फोरम’ को उद्घाटन सत्रमा समेत सहभागी भएका थिए।

प्रकाशित: १ असोज २०८३ १४:२२ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast