नेपाल र श्रीलंकाबीचको खेल रद्द, १–१ अंक दुवै टिमलाई

हिमाल प्रेस ३० जेठ २०८१ ६:२२ | Wednesday, June 12, 2024
नेपाल र श्रीलंकाबीचको खेल रद्द, १–१ अंक दुवै टिमलाई

काठमाडौँ- आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ। योसँगै दुवै टोलीले १-१ अंक बाँडे।

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो।
नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ। बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २-२ अंक छ ।

प्रकाशित: ३० जेठ २०८१ ६:२२ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast