कक्षा १२ को प्रश्न पत्र आउट गर्ने चारजना पक्राउ

हिमाल प्रेस २७ वैशाख २०८१ १७:३४
16
SHARES
कक्षा १२ को प्रश्न पत्र आउट गर्ने चारजना पक्राउ

काठमाडौँ- कक्षा १२ को प्रश्नपत्र आउट गरेर हल गरिरहेका ४ जना उत्तरपुस्तिका सहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौंको कामनपा–६ सरस्वतीनगर कपन बस्ने वर्ष ३८ को माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका –८ बस्ने वर्ष १९ को सबिन पौडेल, कागेश्वरी मनहरा बस्ने वर्ष २० को सितेश कुमार यादव र कागेश्वरी थली बस्ने बस्ने वर्ष २३ को रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

वैशाख २६ गते बिहान ८ देखि १० बजेसम्म कक्षा १२ को कम्प्युटर साइन्स को परीक्षा चलिरहेको समयमा उक्त विषयको प्रश्नपत्र आउट गरी शंकास्पद रुपमा काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा उनीहरुले अनाधिकृत रुपमा परीक्षा दिएको पाइएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको मूल उत्तर पुस्तिकामा सम्बन्धित विषयको नै उत्तर हल गरिरहेको अवस्थामा उक्त पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

उनीहरुमाथि शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप गरी अनुसन्धान भई रहेको छ।

प्रकाशित: २७ वैशाख २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast