प्रधानमन्त्री प्रचण्ड।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (जेठ ७ गते) विश्वासको मत लिने भएका छन्। प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौथोपटक विश्वासको मत लिन लागेका हुन्।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको जानकारी दिए।
गत वैशाख २३ गते जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
प्रकाशित: ४ जेठ २०८१ ८:२७ | Friday, May 17, 2024
प्रतिक्रिया


