एक पालिका एक स्मार्ट विद्यालय सरकारकाे नीति

हिमाल प्रेस १ जेठ २०८१ १७:२८ | Tuesday, May 14, 2024
एक पालिका एक स्मार्ट विद्यालय सरकारकाे नीति नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ‍‍‍- सरकारले शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाई सिकाइमा एकरूपता ल्याउन एक पालिका एक स्मार्ट विद्यालय अवधारण कार्यान्वयनमा ल्याइने बताएको छ।

सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

पाैडेलले विद्यालय सञ्चालन, शिक्षक व्यस्थापन, मौलिक भाषा तथा संस्कृति प्रवर्द्धन गर्न नमूना कानुन निर्देशिका तथा कार्यविधि तयार गरी स्थानीय तहलाई सहजीकरण गर्ने सरकारकाे कार्यक्रम घोषणा गरे।

त्यसैगरी सरकारले प्राविधिकधारको उच्च शिक्षामा दलित विद्यार्थीको पहुँच पुर्‍याउन दलितलक्षित गरिब तथा जेहेन्दार छात्रवृत्ति विस्तार गरिने घोषणा गरेको छ।

राष्ट्रिय पाठ्यक्रम ढाँचा परिमार्जन गरिने,विद्यालयमा साथी शिक्षक प्रणालीलाई प्रोत्साहन गरिने, प्राथमिक उपचार तथा विपद न्यूनीकरणका लागि १० वर्ष माथिका बालबालिलाई सीप प्रदान गरिने, उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरकारी कार्यप्रणालीबारे जानकारी गराइने, शैक्षिक बिदामा बसेका विद्यार्थीलाई औपचारिक शिक्षा र समुदाय विकासमा लगाइने नीति तथा कार्यक्रममा बताइएकाे छ।

प्रकाशित: १ जेठ २०८१ १७:२८ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast