गृहमन्त्रीलाई भेटेर रमिलाले मागिन् सुरक्षाको प्रत्याभूति

हिमाल प्रेस ६ वैशाख २०८१ १७:००
38
SHARES
गृहमन्त्रीलाई भेटेर रमिलाले मागिन् सुरक्षाको प्रत्याभूति

काठमाडौँ– कोटेश्वरका व्यापारी स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुरक्षाको प्रत्याभूति गरिदिन माग गरेकी छन्। आफ्नो श्रीमान्‌को हत्या आरोपमा कालीबहादुर खाम पक्राउ परेसँगै आफूमाथि थ्रेट आएको भन्दै उनले सुरक्षा माग गरेकी हुन्।

जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिए।

घटनाको १६ वर्षपछि आरोपित पक्राउ पर्दा न्यायको आश जागेको भन्दै रमिलाले राजनीतिक पहुँचको आधारमा पक्राउ परेका खाम तत्कालै छुट्ने हो कि भन्ने आशंका व्यक्त गरिन्। गृहमन्त्री लामिछानेले अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने भन्दै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गरे।

लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पारे। माओवादी केन्द्र नेतृत्वको सरकारका बेला सोही दलका नेता खामविरुद्ध कारबाही हुनेमा श्रेष्ठले शंका व्यक्त गरेकी थिइन्। छोरालाई लिएर गृहमन्त्रालय पुगेकी श्रेष्ठले लामो समयपछि भए पनि आरोपित पक्राउ गरेकोमा मन्त्री लामिछानेलाई धन्यवाद दिइन्।

कालीबहादुर खामलाई थुनामा पठाउन चितवन अदालतको आदेश

व्यापारी हत्या प्रकरण : माओवादीका पूर्वकमान्डर कालीबहादुर पक्राउ

प्रकाशित: ६ वैशाख २०८१ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =