कालीबहादुर खामलाई थुनामा पठाउन चितवन अदालतको आदेश

काठमाडौँ- चितवन जिल्ला अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादीका पूर्वलडाकु कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएको छ। बिहीबारदेखि सुरु भएको बहस सकिएसँगै न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए। बुधबार साँझ मिसिल आइपुगेपछि बिहीबार खामको बयान सुरू भएको थियो। … Continue reading कालीबहादुर खामलाई थुनामा पठाउन चितवन अदालतको आदेश