कालीबहादुर खामलाई थुनामा पठाउन चितवन अदालतको आदेश

हिमाल प्रेस २३ चैत २०८० १५:१९
38
SHARES
कालीबहादुर खामलाई थुनामा पठाउन चितवन अदालतको आदेश

काठमाडौँ- चितवन जिल्ला अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादीका पूर्वलडाकु कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएको छ। बिहीबारदेखि सुरु भएको बहस सकिएसँगै न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए।

बुधबार साँझ मिसिल आइपुगेपछि बिहीबार खामको बयान सुरू भएको थियो। बिहीबार वादीकातर्फबाट ३ र प्रतिवादी खामकातर्फबाट २ जना अधिवक्ताले मात्रै बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबार आदेश भएको हो।

खाम चैत २० गते काठमाडौँबाट आरोप लागेको १५ वर्षपछि पक्राउ परेका हुन्। उनलाई चैत २१ गते बयानका लागि चितवन अदालतमा उपस्थित गराइएको थियो। काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते राति २ बजे माओवादी कार्यकर्ताले केही बुझ्ने भन्दै लगेरका थिए। त्यसको केही दिनपछि उनको हत्या भएको थियो। हत्या गरेपछि रामहरिको शव त्रिशूलीमा फ्याकिएको थियो।

व्यापारी हत्या प्रकरण : माओवादीका पूर्वकमान्डर कालीबहादुर पक्राउ

प्रकाशित: २३ चैत २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =