इजरायलले युद्ध व्यवस्थापनमा गल्ती गरेको छ : बाइडेन

हिमाल प्रेस २८ चैत २०८० १७:१५
10
SHARES
इजरायलले युद्ध व्यवस्थापनमा गल्ती गरेको छ : बाइडेन

गाजा- अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई गलत भनेका छन्।

छ महिना लामो युद्धका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै विश्वव्यापी आक्रोश बढेसँगै बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले द्वन्द्व व्यवस्थापनलाई सही दिशा दिन नसकेको बताएका हुन्। बाइडेनले गाजामा युद्धविरामको आवश्यकता  दोहोर्‍याए।

‘मलाई लाग्छ, उहाँले जे गरिरहनुभएको छ, त्यो गल्ती हो। म उहाँको दृष्टिकोणसँग सहमत छैन,’ बाइडेनले स्पेनी भाषाको टिभी नेटवर्क युनिभर्सियनलाई दिएको अन्तर्वार्तामा भने।

उनले नेतन्याहूलाई ‘युद्धविरामका लागि आह्वान गर्न, आगामी छदेखि आठ हप्ताका लागि अनुमति दिन र देशमा जाने सबै खाद्यान्न र औषधिमा पूर्ण पहुँच प्रदान गर्न’ आग्रह गरे।

अमेरिका, कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धकमुक्त सम्झौतामा प्रगति खोजिरहेका बेला बाइडेनको यो टिप्पणी आएको हो।

इजरायलले सहायतामा कुनै प्रतिबन्ध नलगाएको र अमेरिका र संयुक्त राष्ट्रसंघको मागलाई पालना गरेको जनाएको छ।

प्रकाशित: २८ चैत २०८० १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =