इजरायली बम आक्रमणमा ७० प्यालेस्टिनीको मृत्यु

हिमाल प्रेस १७ फागुन २०८० १७:४३
18
SHARES
इजरायली बम आक्रमणमा ७० प्यालेस्टिनीको मृत्यु तस्बिर एपी

गाजा- गाजा सहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्।

इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ । मृतक र घाइतेहरूलाई अलशिफा अस्पतालमा लगिएको छ।

यद्यपि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ। प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार इजरायली सेनाले गाजा सहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमभणको निशाना बनाएको थियो। रासस/सिन्ह्वा

प्रकाशित: १७ फागुन २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =