सुरु भयो बिस्का: जात्रा (तस्बिरहरू)

दिपेश श्रेष्ठ २७ चैत २०८० २०:४१
26
SHARES
सुरु भयो बिस्का: जात्रा (तस्बिरहरू) बिस्का जात्राको पहिलो दिन भैरवनाथको रथ तान्दै जात्रालु। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- आठ रात ९ दिन लामो भक्तपुरको प्रसिद्व बिस्का: (बिस्केट) आज जात्रा सुरु भएको छ।

जात्राको दिन बिहानदेखि नै तान्त्रिक विधिपूर्वक पूजा गर्ने र साँझ रथमा भैरवनाथलाई विराजमान गराइ तानेर जात्रा सुरु गर्ने प्रचलन छ।

पहिलो दिन त:मारी (टौमढी) स्थित पाँंचतल्ले मन्दिर अगाडि प्यागोडा शैलीमा काठैकाठले बनाइएको तीनतले भैरवनाथको रथको अगाडि पछाडि बाँधिएको डोरी तानेर क्वने (तल्लो) टोलको बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म पुर्‍याएर पुनः गःहिटीमा पुर्‍याइ सम्पन्न गरिन्छ।

तान्त्रिक विधिद्वारा पूजा सम्पन्न गरी गराएसँगै रथ तानेर जात्रा सुरु हुन्छ। चैत ३० गते ल्यासिङखेलमा इन्द्रध्वजासहितको ५५ हातको ल्योसिं उभ्याइने र २०८१ वैशाख १ गते साँझ ढालिन्छ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ। सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ। वैशाख ५ गते रथलाई तानेर त:मारी स्थित भैरवनाथको प्रांगणमा पुर्‍याएपछि जात्रा सम्पन्न हुनेछ।

बिस्काः जात्रा काठमाडौँ उपत्यकाको भक्तपुर साथै थिमि, धापासि र टोखामा पनि मनाइन्छ।

प्रकाशित: २७ चैत २०८० २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =