उपनिर्वाचन : बुधबारदेखि आचारसंहिता लागू हुने

हिमाल प्रेस २७ चैत २०८० १६:४८
12
SHARES
उपनिर्वाचन : बुधबारदेखि आचारसंहिता लागू हुने

काठमाडौँ– वैशाख १५ मा हुने उपनिर्वाचनका लागि बुधबार (भोलि) बाट आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम र बझाङमा आचारसंहिता लागू हुने जानकारी दिए।

‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागु गर्ने निर्णय भएको छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ–१ को ‘क’ मा उपनिर्वाचन हुँदै छ।

उपनिर्वाचन हुने क्षेत्रका विद्यालय दुई दिन बिदा

प्रकाशित: २७ चैत २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =