इलाम-२ उपनिर्वाचन : छ जनाले गराए उम्मेदवारी दर्ता

हिमाल प्रेस २४ चैत २०८० १६:०६
10
SHARES
इलाम-२ उपनिर्वाचन : छ जनाले गराए उम्मेदवारी दर्ता

इलाम- आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गराउनेमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्बाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई रहेका छन्।

सबै उम्मेदवारले बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेसलगायत दलका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गर्ने तयारी छ। इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो।

इलाम-२ उपनिर्वाचन : रास्वपाका लिम्बूले गराए उम्मेदवारी दर्ता

प्रकाशित: २४ चैत २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =