सहकारीमा मेरो २३ लाख डुब्यो, उठाइदिनेलाई ३ लाख दिन्छु : श्रममन्त्री

हिमाल प्रेस २४ चैत २०८० १३:५६
8
SHARES
सहकारीमा मेरो २३ लाख डुब्यो, उठाइदिनेलाई ३ लाख दिन्छु : श्रममन्त्री डीपी अर्याल।

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन्।

शनिबार रास्वपा क्षेत्र नम्बर ५ समिति काठमाडौँले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रममा श्रममन्त्री अर्यालले रास्वपाल इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरुप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी दिएका हुन्।

उनले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले केही पहल नगरेको भन्दै कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? भन्दै प्रश्न समेत गरे।

उनले सहकारीको समस्या समाधानको लागि काम गरेर सहकारी पीडितको पैसा फिर्ता गर्नेतिर सोच्ने की मान्छेलाई जेलमा कोचेर उनीहरुको पैसा फिर्ता नगर्नेतिर जाने भन्नेतर्फ ध्यान दिन आग्रह गरे।

उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक-दुई लाख रुपैयाँसम्म दिने बताए। उनले सो सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी समेत गरे।

मन्त्री अर्याललले कांग्रेसका युवा नेताहरुलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरुले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भएपनि रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको आरोप समेत लगाए।


प्रतिक्रिया

One thought on “सहकारीमा मेरो २३ लाख डुब्यो, उठाइदिनेलाई ३ लाख दिन्छु : श्रममन्त्री

  1. यो देशमा श्रम मन्त्रीको सहकारीमा डुबेको पैसा उठाउन २/३ लाख दिने भाषण गर्दा सोझा जनताको पैसा कसले उठाइ दिने हो ? भाषण गजब र छ ? कठै मेरो देशको मनत्रीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =