आजबाट विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति प्रदान गरिने

हिमाल प्रेस २४ पुष २०७९ ७:५५
6
SHARES
आजबाट विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति प्रदान गरिने

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ। यसै क्रममा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आज (आइतबार)देखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने भएको छ।

वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समयअघि देखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ।

श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ।

आजदेखि विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति पाइने श्रम मन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ पुष २०७९ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =