भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द

हिमाल प्रेस २३ चैत २०८० १४:१२
8
SHARES
भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द तस्बिर सिड्नी एयरपाेर्टकाे एक्स ह्यान्डलबाट

सिड्नी- अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द भएका छन्।

वर्षाका कारण पाँचवटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द भएका हुन्। वर्षा र बाढीको प्रकोप बढ्दै गएकाले आगामी केही घण्टाहरूमा रद्द भएका उडानको सङ्ख्या बढ्ने देखिएको छ।

विमानस्थल कार्यालयले आँधीबेहरीका कारण केही उडान रद्द र केहीमा ढिलाइ भएको बताउँदै यात्रुहरूलाई उडानको स्थितिबारे सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन आग्रह गरेकाे छ।

स्थानीय मौसम सेवा प्रदायक ‘वेदरजोन’को तथ्याङ्कले सिड्नीमा शुक्रबार बिहानसम्म २४ घण्टामा १११ मिलिमिटरको वर्षाको साथ पूर्ण डुबानको सामना गरेको थियो।

प्रकाशित: २३ चैत २०८० १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =