आज हल्का वर्षाको सम्भावना

हिमाल प्रेस ३० चैत २०८० ६:१८
12
SHARES
आज हल्का वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। मौसम पूर्वानुमानबारे नियमित बुलेटिन सार्वजनिक गर्दै महाशाखाले देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

आज बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार आज काठमाडौँमा पनि हल्का वर्षाको सम्भावना छ। महाशाखाको भनाइमा राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: ३० चैत २०८० ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =