शिक्षामन्त्रीसँग यी विषयमा विशेष छलफल गर्दै विद्यालय कर्मचारी परिषद्

हिमाल प्रेस २३ चैत २०८० ७:५५
7.5k
SHARES
शिक्षामन्त्रीसँग यी विषयमा विशेष छलफल गर्दै विद्यालय कर्मचारी परिषद् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग चारवटा विषयमा छलफल गर्दैछ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले हिमालप्रेसलाई जानकारी दिएअनुसार शिक्षा मन्त्रालयमा आज अपरान्ह साढे ४ बजे मन्त्री श्रेष्ठसँग शिक्षा विधेयक, विद्यालय कर्मचारीको सेवासुविधा, कर्मचारी व्यवस्थापन र तहगत दरबन्दीको विषय छलफल हुनेछ।

अध्यक्ष तिवारीले भने,‘आज साढे ४ बने शिक्षामन्त्री सुमना श्रेष्ठज्यूसँग शिक्षा विधेयक, विद्यालय कर्मचारीको सेवासुविधा, ६० वर्ष पुगेका कर्मचारीको व्यवस्थापन कसरी गर्ने, कर्मचारीलाई तहगत दरबन्दीमा कसरी लैजाने विषयमाथि विशेष छलफल गर्दैछौँ।’

प्रकाशित: २३ चैत २०८० ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =