यस्ता छन् विद्यालय कर्मचारी परिषद् बैठकका निर्णय

हिमाल प्रेस २४ चैत २०८० १९:५४
6.2k
SHARES
यस्ता छन् विद्यालय कर्मचारी परिषद् बैठकका निर्णय

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिकाे आज काठमाडौँमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ। परिषद्का महासचिव शान्तिनाथ योगीका अनुसार वैशाख १५ गतेसम्म बाँकी रहेका स्थानीय तह, जिल्ला र प्रदेश परिषद् सम्मपन्न गरी सोको विवरण राष्ट्रिय समितिलाई पठाउनु पर्नेछ।

त्यसैगरी बैठकले राष्ट्रिय समितिको परिषद् भेला वैशाख २८ र २९ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ। राष्ट्रिय समितिको परिषद् भेला सफल पार्नका लागि प्रत्येक जिल्लाबाट दश हजार रुपैयाँ वैशाख १५ गतेसम्म राष्ट्रिय समितिको नाममा रहेको सिद्धार्थ बैंक ग्वार्को शाखामा पठाउन निर्देशन गरेको छ।

विद्यालय स्थापना तथा सञ्चालनसम्बन्धी मापदण्ड २०८० मा विद्यालय कर्मचारीसम्बन्धी छुटेको हुँदा सुझाव पेस गर्ने निर्णय गरिएको महासचिव योगीले बताए। त्यसैगरी बैठकले राष्ट्रिय समितिमा रिक्त रहेका पदाधिकारी एवं सदस्यहरूको पदपूर्ति कार्यालयीय टिमलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।

प्रकाशित: २४ चैत २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =