सदस्यता टुंग्याएर मात्रै अधिवेशन गर्न प्रेस युनियन काठमाडौँले गरायो महासंघ काठमाडौँको ध्यानाकर्षण

हिमाल प्रेस २१ चैत २०८० १८:५२
32
SHARES
सदस्यता टुंग्याएर मात्रै अधिवेशन गर्न प्रेस युनियन काठमाडौँले गरायो महासंघ काठमाडौँको ध्यानाकर्षण

काठमाडौँ– नेपाल प्रेस युनियन काठमाडौँ शाखाले पत्रकार महासंघ काठमाडौँ शाखाको सदस्यताको टुंगो नलगाइ घोषणा गरिएको अधिवेशन तत्कालका लागि स्थगन गर्न आग्रह गरेको छ।

प्रेस युनियन काठमाडौँका उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा सचिव सन्तोष अधिकारी र कोषाध्यक्ष प्रदीप कार्कीसहितको टोलीले भृकुटीमण्डपस्थित शाखा कार्यलय पुगेर अध्यक्ष सूर्य सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल अधिवेशन नगर्न ध्यानाकर्षण गराएको हो।

महासंघ काठमाडौँ शाखाले यहि चैत्र २९ गतेका लागि अधिवेशन मिति तोकेको छ। पत्रकार महासंघ काठमाडौँ शाखा देशभरको सबै भन्दा ठूलो र धेरै पत्रकार आबद्ध भएको शाखा हो।

काठमाडौँ शाखाले ३३६ जना नयाँ सदस्यको नाम उपत्यका प्रदेश कार्यालयमा पठाए पनि अन्तिम टुंगो लागेको छैन। सदस्यताको टुंगो नलगाइ अधिवेशन नगर्न र तोकिएको मिति हाललाई स्थगन गर्न नेपाल प्रेस युनियन काठमाडौँ शाखाले ध्यानाकर्षण गराएको हो। पत्र बुझ्दै अध्यक्ष सुवेदीले ध्यानाकर्षणबारे केन्द्रीय समितिलाई समेत जानकारी गराउने र सहमतिबाट नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रेस युनियन केन्द्रीय समितिले महासंघ केन्द्रीय समितिलाई समेत सदस्यताको टुंगो नलगाइ अधिवेशन नगर्न ध्यानाकर्षण गराउँदै आएको छ। १७ चैत्रमा सुनसरीमा बसेको केन्द्रीय समिति बैठकबाट प्रेस युनियनले निर्णय गरेरै यस्तो आग्रह गरेको थियो भने आफ्ना जिल्ला र प्रदेश शाखाहरूलाई सम्बद्ध महासंघका शाखा र प्रदेश शाखामा ध्यानाकर्षण पत्र बुझाउन भनेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =