एमाले गण्डकी अधिवेशनमा करिब ५ सय मत खस्यो

हिमाल प्रेस १८ असोज २०८० १७:३२
8
SHARES
एमाले गण्डकी अधिवेशनमा करिब ५ सय मत खस्यो

पोखरा- पोखरामा जारी नेकपा (एमाले) गण्डकी प्रदशको प्रथम अधिवेशनअन्तर्गत बिहीबार जारी मतदानमा हालसम्म करिब ५ सय मत खसेको छ।

निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु अधिकारीका अनुसार दिउँसो साढे ४ बजेसम्म ४ सय ७७ मत खसेको हो। अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधिले सहभागी छन्।

पोखरा सभागृहमा बिहीबार मन्ध्याहदेखि सुरु भएको मतदानमा ४१ पदका लागि २ सय ७७ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। अधिवेशनमा यसअघि ४७ जना निर्विरोध भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ।

पदाधिकारी ५ जनासहित कुल १ सय ६२ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ। चुनावमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव (महिला) गरी ५ पदाधिकारी, प्रदेश खुला ५८, प्रदेश समावेशी १३, संघीय निर्वाचन क्षेत्र १८, जिल्ला भूगोल ६१, लेखा समिति ७ जनाको पदमा निर्वाचित हुने छन्।

मतदानका लागि ३३ वटा इलेक्ट्रिक मेसिनको व्यवस्था गरिएको निर्वाचन प्राविधिक लक्ष्मण रिमालले बताए। मतदान साँझ साढे ५ बजेसम्म हुनेछ। मतदान सम्पन्न भएको २ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गरिने रिमालले बताए। एमाले गण्डकीको नेतृत्वका लागि नवराज शर्मा र मायानाथ अधिकारी प्यानल चुनावी मैदानमा छन्।

प्रकाशित: १८ असोज २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =