कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत नलिने, राजीनामा दिने

हिमाल प्रेस २१ चैत २०८० १५:४२
16
SHARES
कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत नलिने, राजीनामा दिने फाइल तस्बिर

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने निश्चित भएको छ।

मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकलाई सम्बोधन गरेर पदबाट राजीनामा दिने भएका हुन्। केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिँदैछन्।

मुख्यमन्त्रीको राजीनामासँगै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन्।

प्रकाशित: २१ चैत २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =