प्रस्तावित महालेखापरीक्षक रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै

हिमाल प्रेस १९ चैत २०८० ७:५५
प्रस्तावित महालेखापरीक्षक रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै तोयम राय

काठमाडौँ- प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ।

बैठक बिहान १०ः३० बजे बोलाइएको छ। आजको बैठकले संसद्बाट रायलाई महालेखापरीक्षक बनाउन मिल्ने-नमिल्ने आधार तय गरिन्छ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो।

हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी रहेका राया पूर्व अर्थसचिव हुन्।

संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: १९ चैत २०८० ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =