संसदीय सुनुवाइ समितिको बैठक आज, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिने

हिमाल प्रेस ३ भदौ २०८० ९:४०
8
SHARES
संसदीय सुनुवाइ समितिको बैठक आज, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिने

काठमाडौँ- संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठविरुद्ध परेका उजुरीमाथि सुनुवाइको तयारी गर्न बैठक बस्न लागेको हो।

बैठक बिहान साढे १० बजे बस्ने तय गरिएको छ। बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिने संसदीय सुनुवाइ समितिका सदस्य जीवन परियारले जानकारी दिए।

श्रेष्ठविरुद्ध ३ उजुरी परेका छन्। दुई जनाको इमेलबाट र एक जनाको खामबन्दी उजुरी परेको छ। संवैधानिक परिषद्‍बाट सिफारिस भएका श्रेष्ठ अहिले कायम मुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छन्। संसदीय सुनुवाइ समितिबाट श्रेष्ठको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =